असोज ३० गते २०८३ || October 16, 2026

नीलकण्ठ १० को वडा अध्यक्षमा कांग्रेसका सरोज पाण्डे विजयी


बिहीबार , जेठ ५ २०७९०४:३६

नीलकण्ठ १० को वडा अध्यक्षमा कांग्रेसका सरोज पाण्डे विजयी

धादिङ - नीलकण्ठ १० को वडा अध्यक्षमा कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् । धादिङ कांग्रेसका कान्छा उम्मेदवार पाण्डेले ८१ मतको अन्तरले माओवादी केन्द्रका कुमार थापामगरलाई पराजित गरेका हुन् ।

अध्यक्ष पाण्डले ६३१ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दीहरु माओवादी केन्द्रका कुमार थापामगरले ५५०, एमालेका राजाराम पाठकले ४०२ र जसपामा गणेश तिमल्सिनाले ८८ मत ल्याएका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनको तुलनामा कांग्रेसले यस पटकको निर्वाचनमा धेरै सुधार गरि पाण्डेले जित हासिल गरेका हुन् ।नीलकण्ठ १० को वडा अध्यक्ष निर्वाचित भएका पाण्डेले सो वडाबाट सिंगल प्रतिस्पर्धा गरेका थिए ।

 


  • सम्बन्धित विषय:

  • # नीलकण्ठ १०
  • # काँग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend