कात्तिक २ गते २०८३ || October 18, 2026

'प्रचण्डजीले एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ' : केपी ओली


शनिबार, फागुन १३ २०७९१२:४५

'प्रचण्डजीले एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ' : केपी ओली

 काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार, माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अप्ठ्यारो भएको बताए पनि एमाले उम्मेदवारलाई भोट हाल्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले भने, “प्रचण्डजीले मलाई के के अप्ठ्यारो प¥यो, दबाब प¥यो भनिराख्नु भएको छ। तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग एकीनै छ ।”

गत पुस १० गते एमाले र माओवादी लगायतका सत्तारुढ गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो। त्यहि सहमतिअनुसार, राष्ट्रपतिको निर्वाचनका लागि एमालेले उम्मेदवार तय गरेको ओलीको भनाइ थियो ।

सत्तारुढ गठबन्धन भत्किएर बनेको आठ दलको गठबन्धन कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गसिसक्यो नि भन्ने प्रश्नमा ओली भने, “आठ दलको कहाँ समर्थन छ, चिया खान बोलाएको थियो। चिया खान बोलाएको जति सबै समर्थन हुन्छ”


  • सम्बन्धित विषय:

  • # 'प्रचण्डजीले एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ' : केपी ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend