असोज ३० गते २०८३ || October 16, 2026

'मप्रति सबैले सद्भाव र सहानुभूति राखेका छन्' : रामचन्द्र पौडेल


शनिबार, फागुन १३ २०७९१२:५०

'मप्रति सबैले सद्भाव र सहानुभूति राखेका छन्' : रामचन्द्र पौडेल

काठमाण्डौँ - नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार हुन लागेका रामचन्द्र पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव र सहानुभूति रहेको बताएका छन्।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सबैबाट प्रेरणा पाएको बताए। “मप्रति सबै पार्टीले सद्भाव राखेका छन्, सबै नागरिकले सद्भाव र सहानुभूति राखेका छन्,” पौडेलले भने ।

शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवाको प्रस्तावमा सर्वसम्मत निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए।

बैठकपछि बाहिरिने क्रममा पौडेलले आफूले पाउने जिम्मेवारीका विषयमा सचेत रहेको बताए। “मलाई आउन लागेको जिम्मेवारीप्रति मत सचेत छु,” उनले भने । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।


  • सम्बन्धित विषय:

  • # 'मप्रति सबैले सद्भाव र सहानुभूति राखेका छन्' : रामचन्द्र पौडेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend