कात्तिक १ गते २०८३ || October 17, 2026

'राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ' :  प्रमुख सचेतक ज्वाला


शनिबार, फागुन १३ २०७९०४:१०

'राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ' :  प्रमुख सचेतक ज्वाला

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गरेका छन् । 

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित् भइसकेको तर्क समेत गरे ।  शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलको जित सुनिश्चित भएको बताए ।


  • सम्बन्धित विषय:

  • # 'राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ' :  प्रमुख सचेतक ज्वाला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend