कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलले बनायो कार्यदल


पिपल अनलाइन
सोमबार, फागुन १५ २०७९०७:०९

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलले बनायो कार्यदल

काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सहभागी हुनेछन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

कार्यदलमा रहेका सदस्यहरूले राष्ट्रपति निर्वाचनका लागि आ आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ । त्यस्तै बैठकले फागुन १८ गते संघीय संसदहरूलाई अभिमुखीकरण र फागुन १९ मा प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलले बनायो कार्यदल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend