असोज ३० गते २०८३ || October 16, 2026

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय


बिहीबार , जेठ ५ २०७९०६:४६

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय

काठमाडौँ - सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

निर्णय अनुसार जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडीखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिव एवं गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए।


  • सम्बन्धित विषय:

  • # गणतन्त्र दिवस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend