कात्तिक २ गते २०८३ || October 18, 2026

रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने


सोमबार, फागुन १५ २०७९०३:०२

रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

रास्वपाले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा भने कुनै निर्णय गरेन। राष्ट्रपति निर्वाचनका विषयमा रास्वपा फर्क र हेरको नीतिमा रहेको एक नेताले जानकार दिए ।

सरकारकोम प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै शनिबार नै सरकारबाट बाहिरिसकेकेको छ ।

माघ २२ गते नै सरकारबाट बाहिरिएको रास्वपाले भने सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।


  • सम्बन्धित विषय:

  • # रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend