असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसका केन्द्रीय सदस्य मन्जु खाँडकै वडामा एमालेको जित  


शुक्रबार, जेठ ६ २०७९१२:२७

कांग्रेसका केन्द्रीय सदस्य मन्जु खाँडकै वडामा एमालेको जित  

सिरहा - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मन्जु खाँडको वडा कर्जन्हा ३ मा कांग्रेस उम्मेदवारको लजास्पद हार भएको छ। त्यहाँ वडा अध्यक्षमा एमालेका उम्मेदवार प्रकाश कोइरालासहित प्यानल नै विजयी भएको हो।

केन्द्रीय सदस्य खाँड नेपाल महिला संघ केन्द्रीय महासचिव पनि हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँडको पत्नी भएका कारण प्रभावशाली मानिन्छ। तर, स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा पनि कांग्रेसका उम्मेदवारलाई जिताउन सकेनन्।

आफूले मतदान गरेको वडा, नगरमा उनको प्रभाव खासै देखिएन।

यहाँ एमालेका वडाअध्यक्षमा उम्मेदवार कोइरालाले ४३६ मत ल्याएर विजयी भएका छन्। दोस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका क्षेत्रलाल सिंह २७७ मत, तेस्रोमा जनता समाजवादी पार्टीका विश्वनाथ यादव २४६ मत र कांग्रेसका उम्मेदवार मानबहादुर पाण्डे २०२ मत मात्रै ल्याएर चौथोमा पुगेका छन्।

 


  • सम्बन्धित विषय:

  • # काँग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend