कात्तिक २ गते २०८३ || October 18, 2026

देउवाले ओलीलाई पत्र पठाउँदै रामचन्द्र पौडेलका लागि मागे भोट


मंगलबार, फागुन १६ २०७९११:२६

देउवाले ओलीलाई पत्र पठाउँदै रामचन्द्र पौडेलका लागि मागे भोट

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलका लागि भोट मागेका छन् । 

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् ।   एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

 यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।


  • सम्बन्धित विषय:

  • # देउवाले ओलीलाई पत्र पठाउँदै रामचन्द्र पौडेलका लागि मागे भोट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend