काठमाडौं - नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्।
प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले मेयर र उपमेयरसहित दुई जनावडाध्यक्षलाई पार्टीमा स्वागत गरेका छन्। मेयर, उपमयेयर र वडाध्यक्षसँगै रंगेली क्षेत्रका करिब पाँच हजार एमाले प्रवेश गरेको पार्टीले दाबी गरेको छ।
एमाले प्रवेश गर्ने सबैलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।