कात्तिक १ गते २०८३ || October 17, 2026

पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव


बुधबार, फागुन १७ २०७९०५:०६

पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिकी नागरिकसँग ठगी गरेको जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले शाह र उनका सहयोगी मिलेर बिभिन्न कम्पनी नै खडा गरेर नेपालको कानूनबिपरित बिदेशी मुद्रा समेत भित्राएको खुलेको जनाएको छ ।

अमेरिकी नागरिकसँग एन्टीभाइरस, बिल भुक्तानी लगाएतका सम्बन्धमा सम्पर्क स्थापीत गरेर ठगी गरेको खुलेको व्युरोले जनाएको छ । अवैध रुपमा ठगि गरिएको रकम थाइल्याण्ड समेत पठाउने गरेको पाइएको व्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए ।

पिडित व्यक्तिहरुबाट ४५ लाख ४६ हजार अमेरिकी डलर, २२ हजार पाउण्ड र तीन लाख क्यानडियन डलर ठगी गरिएको देखिएको उहाले बताए।

त्यस्तै व्युरोले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सुझाव दिएको छ।


  • सम्बन्धित विषय:

  • # पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend