असोज ३० गते २०८३ || October 16, 2026

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी


शुक्रबार, जेठ ६ २०७९०१:१३

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएको हो ।  

नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी)  र उपप्रमुखमा निलकण्ठ खनाल विजयी भएको छ । प्रमुखमा ढकालले  १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर  पराजित भए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी जानकारी प्राप्त भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित भएकी छन्।  

 


  • सम्बन्धित विषय:

  • # वीरेन्द्रनगर नगरपालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend