कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदको अभिमुखीकरण 


पिपल अनलाइन
शुक्रबार, फागुन १९ २०७९०७:११

राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदको अभिमुखीकरण 

 काठमाडौँ - राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र  पौडेललाई विजयी गराउन आज वाग्मती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ । संयन्त्रको निर्णयबमोजिम वाग्मती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यहरुलाई आज अभिमुखीकरण दिइनेछन् । 

आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदको अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend