कात्तिक १ गते २०८३ || October 17, 2026

पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम


शुक्रबार, फागुन १९ २०७९०२:२६

पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाण्डौँ - पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।

महानगरको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । “हामीलाई औपचारिक रूपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ,” अधिकारीले भने ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend