असोज ३० गते २०८३ || October 16, 2026

गोकर्णेश्वर नगर प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी(पुरा डाटा सहित )


शुक्रबार, जेठ ६ २०७९०१:३३

गोकर्णेश्वर नगर प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी(पुरा डाटा सहित )

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी भएको छ । निर्वाचन अधिकृतकाे कार्यालय अनुसार उनले नौ हजार ६९२ मत ल्याएर विजयी भएको हो।

रिसालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्वव विष्टले आठ हजार ५०४ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका गोपालप्रसाद बरालले एक जार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार घिमिरेले ८४० मत ल्याए ।

नगरको उपप्रमुखमा नेकपा एमालेका सन्नानी लामा आठ हजार ८०४ मतसहित विजयी हुनुभयो । कांग्रेसका शान्ति नेपालले आठ हजार ६७१ मत ल्याउनुभयो । माओवादी केन्द्रका पेमा छिरि शेर्पाले दुई हजार ७०१ र राप्रपाका शर्मिला थापाले ८५२ मत प्राप्त गरिन।

एमालेका तर्फबाट वडा नंं. १ अध्यक्षमा द्वारिका श्रेष्ठ, २ मा मधु तामाङ, ३ मा मुरारीप्रसाद कुँइकेल, ६ मा नवराज लामा, ७ मा केशव गुरुङ निर्वाचित भएका छन्। कांग्रेसबाट वडा नंं. ५ मा नारायण बहादुर सुवेदी, ८ मा नन्द लाल श्रेष्ठ र ९ मा राजिव थापा विजयी भएको हो।

वडा नंं. ४ को अध्यक्षमा लौरो निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित भएको छ । काँग्रेसबाट वडा नंं. ५ मा नारायणबहादुर सुवेदी, ८ मा नन्दलाल श्रेष्ठ र ९ मा राजीव थापा र वडा नं. ४ को अध्यक्षमा लौरो निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित भएको छ ।


  • सम्बन्धित विषय:

  • # गोकर्णेश्वर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend