कात्तिक ३ गते २०८३ || October 19, 2026

एफबीआईको नेसनल एकाडेमीका लागि पहिलोपटक महिला प्रहरी छनोट


शनिबार, फागुन २० २०७९०८:०९

एफबीआईको नेसनल एकाडेमीका लागि पहिलोपटक महिला प्रहरी छनोट

काठमाडौँ - नेपाल प्रहरीकी नायब उपरीक्षक दीप्ति कार्की अमेरिकाको फेडलर ब्यूरो अफ इन्भेस्टिगेसनको नेसनल एकाडेमीका लागि छनोट भएकी छन् । नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् ।

अमेरिकी दूतावासले दिएको जानकारी अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन् । त्यहाँ उनले विश्वभरका कानुन प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने दूतावासको भनाई छ । 

नेपालले पहिलोपटक महिला नेतृत्वलाई यसका लागि मनोनयन गरेको थियो । कार्कीले यो अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले पनि कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # एफबीआईको नेसनल एकाडेमीका लागि पहिलोपटक महिला प्रहरी छनोट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend