कात्तिक ३ गते २०८३ || October 19, 2026

आवश्यकताका आधारमा प्रहरी परिचालन हुने


आइतबार, फागुन २१ २०७९०६:५७

आवश्यकताका आधारमा प्रहरी परिचालन हुने

काठमाडौँ - गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न पत्राचार गर्दै आवश्यकताका आधारमा प्रहरी परिचालन हुने जनाएको छ ।

पत्रमा सुरक्षा निकायको सुरक्षा क्षेत्र तोकिएको छैन । क्याम्पस हाताभित्र प्रहरी प्रवेश गर्न नपाइने भए पनि गृहले फरक परिस्थिति भएको कारण प्रहरीलाई सुरक्षाक्षेत्र नतोकिएको जनाएको छ । त्रिवि निर्वाचन समितिका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा। पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई स्ववियु निर्वाचनमा क्याम्पसभित्र वा बहिर आवश्यकताको आधारमा जहाँ पनि प्रवेश गर्न पाइनेगरी पत्र प्राप्त भएको बताए । 

गृहले गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि सबै सीडीओ कार्यालयलाई पत्राचार गरिएको थियो । प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने र त्यसका लागि क्याम्पस प्रमुखको स्वीकृति कुरिरहनु आवश्यक नभएको त्रिविको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # आवश्यकताका आधारमा प्रहरी परिचालन हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend