कात्तिक १ गते २०८३ || October 17, 2026

बालाजु बसपार्क घटनामा ६२ जनाविरुद्ध मुद्दा चलाउने तयारी


आइतबार, फागुन २१ २०७९०८:१०

बालाजु बसपार्क घटनामा ६२ जनाविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौँ - जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

प्रहरीका सवारीसाधन तथा ट्राफिक पोस्ट तोडफोड गर्ने ३५ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा, ल्होत्से मल तोडफोड तथा लुटपाटमा संलग्न १७ जनाविरुद्ध डाँका तथा लुटपाट कसुरमा र अन्य १० जनाविरुद्ध अभद्र व्यवहार कसुरमा ६२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले बालाजु तथा बसपार्क तोडफोड, लुटपाट तथा आगजनी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए । यो समाचार गोेरखापत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # बालाजु बसपार्क घटनामा ६२ जनाविरुद्ध मुद्दा चलाउने तयारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend