असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट


आइतबार, जेठ ८ २०७९०७:२६

नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट

चितवन - राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो।

पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार गोविन्द र सरोजविरूद्ध उजुरी दिएका हुन्।

छोरा सरोजले कुटपिट गरेको र बुबा गोविन्दले अपशब्द बोलेर गालीगलौज गरेको सिंहले उजुरीमा उल्लेख गरेका छन्।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # कुटपिट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend