कात्तिक १ गते २०८३ || October 17, 2026

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते


आइतबार, फागुन २१ २०७९१२:३६

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

 काठमाण्डौँ - ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं। ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी(३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए।

दुर्घटनामा परी ११ घाइते भएका छन्। तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।


  • सम्बन्धित विषय:

  • # ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend