कात्तिक १ गते २०८३ || October 17, 2026

सरकारले फेरि बढायो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्याँस प्रतिसिलिण्डर एक हजार ८००


आइतबार, जेठ ८ २०७९१०:५५

सरकारले फेरि  बढायो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्याँस प्रतिसिलिण्डर एक हजार ८००

काठमाडौं - नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर  १० र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर  १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # पेट्रोल
  • # ग्याँस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend