असोज ३० गते २०८३ || October 16, 2026

'मदन भण्डारी र जीवराजको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या भयो' : ओली


आइतबार, फागुन २१ २०७९०४:४०

'मदन भण्डारी र जीवराजको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या भयो' : ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् । 

३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप मदन भण्डारी र जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ।

भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ।


  • सम्बन्धित विषय:

  • # 'मदन भण्डारी र जीवराजको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या भयो' : ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend