कात्तिक १ गते २०८३ || October 17, 2026

आपसी सदभाव कायम गरी होली मनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह


सोमबार, फागुन २२ २०७९०७:०३

आपसी सदभाव कायम गरी होली मनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाण्डौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपसी सदभाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गर्दै पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् । 

“रङ्गीन पर्व फागु पुर्णिमा अर्थात् रंगहरुको उत्सव होली २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।

यस वर्ष फागुन २२ गते पहाडमा र २३ गते तराईमा मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरु पुर्णिमाको दिन मिथिला परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले एक दिन विश्राम गरेर भोलिपल्ट सद्भावको रुपमा मनाइने यस पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # आपसी सदभाव कायम गरी होली मनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend