असोज ३० गते २०८३ || October 16, 2026

१२ बोर घरेलु बन्दुकसहित २७ वर्षीय युवक पक्राउ


आइतबार, जेठ ८ २०७९११:१६

१२ बोर घरेलु बन्दुकसहित २७ वर्षीय युवक पक्राउ

वीरगञ्ज - पर्सा प्रहरीले १२ बोरको घरेलु बन्दुकसहित २७ वर्षीय युवकलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ। 

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहरलाई १२ बोरको एकनाले बन्दुकसहित नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा चलाएको हो।

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले तेलिया टोल जाने बाटो भएर १२ बोरको एक नाले घरेलु बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। 

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मुद्दा प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए। 


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # घरेलु बन्दुक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend