कात्तिक १ गते २०८३ || October 17, 2026

'प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइँदैन भनेको होइन' : बाबुराम भट्टराई


सोमबार, फागुन २२ २०७९०९:५३

'प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइँदैन भनेको होइन' : बाबुराम भट्टराई

 काठमाण्डौँ - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री भएका वेला आफू मुद्दाका कारण अदालतमा हाजिर भएको उल्लेख गर्दै बहालवाला प्रधानमन्त्रीलाई मुद्दा नै लगाउन हुँदैन भन्ने नरहेको बताएका हुन् । तर‚ युद्धकालीन मुद्दा शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग हेर्नुपर्ने उनले स्पष्टीकरण दिएका छन् । 

“बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन१ मज्जाले पाइन्छ१ म आफैं प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु‚” भट्टराईले लेखेका छन्‚ “तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसी ९सत्य निरुपण तथा मेलमिलाप आयोग ले हेर्ने हो, नियमित अदालतले हैन”

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले  प्रधानमन्त्री पुष्पकमल दाहालको हकमा पनि सोही प्रक्रिया लागू हुने बताएका छन्। उनले लेखेका छन्‚ “प्रम प्रचण्डको हकमा पनि त्यही हो आवेग हैन विवेकले काम गरौं”

भट्टराईले आइतबार एक कार्यक्रममा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर जिस्काउन खोजिएको बताएका थिए। यस्तै‚ उनले प्रधामन्त्री दाहाललाई मुद्दा लगाउनु भनेको माओवादी आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको अभिव्यक्ति दिएका थिए। आफ्ना त्यही अभिव्यक्तिलाई प्रष्ट्याउन उनले सामाजिक सञ्जालमा लेखेका हुन्।


  • सम्बन्धित विषय:

  • # 'प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइँदैन भनेको होइन' : बाबुराम भट्टराई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend