कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि 


मंगलबार, फागुन २३ २०७९०६:५८

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि 

 काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको लागि निर्वाचन आयोगले जनाएको छ । 

मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको थियो।  उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड–७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि  संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता रहेका छन् ।  राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरुको साथ छ । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचनका लागि मौन अवधि


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend