असोज ३० गते २०८३ || October 16, 2026

धरान उपमहानगरपालिकामा इतिहास रच्दै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी


सोमबार, जेठ ९ २०७९१२:१०

धरान उपमहानगरपालिकामा इतिहास रच्दै,  स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी

धरान - धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी भएको छ। २० हजार ८२१ मत ल्याएर साम्पाङ्ग विजयी भएको हो। उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गरेका हुन् । 

कांग्रेसका राईले १६ हजार ५९ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत ल्याएका छन्। धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए। २०४८, २०५४ र २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीले नेतृत्व पाएको सहरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी  भएका हुन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार साम्पाङ्गले एमालेको लालकिल्ला र  गठबन्धनलाई पछि पार्दै  धरानमा नयाँ इतिहास रचेको हो। उपप्रमुखमा गठबन्धनका अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मतसहित विजयी भएका छन्। एमालेका पदम इस्वो लिम्बु १७ हजार ६ सय ६ मत ल्याएर पराजित भएको छ।

 


  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ्ग
  • # धरान उपमहानगरपालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend