कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपति निर्वाचनको मौन अवधि : केके गर्न पाईन्छ ? के-के गर्न पाईँदैन ? 


मंगलबार, फागुन २३ २०७९१२:०६

राष्ट्रपति निर्वाचनको मौन अवधि : केके गर्न पाईन्छ ? के-के गर्न पाईँदैन ? 

काठमाण्डौँ - पर्सि २५ गते हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएको छ । प्रचारप्रसार निषेधको अवधि २५ गते मतदान बन्द नभएसम्म कायम रहनेछ ।

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा छ ।

आचारसंहितामा अनुसार प्रचारप्रसार निषेध गरेको बेला चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

आयोगले देशको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको चुनावमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराइ चुनावको स्वच्छता र मर्यादा कायम गर्न सबैलाई आग्रह गरेको छ । राष्ट्रपति चुनावमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । चुनावमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचनको मौन अवधि : केके गर्न पाईन्छ ? के-के गर्न पाईँदैन ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend