असोज २९ गते २०८३ || October 15, 2026

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी


सोमबार, जेठ ९ २०७९११:२९

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

काठमाडौं - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११ हजार १७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । 


  • सम्बन्धित विषय:

  • # रेनु दाहाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend