कात्तिक १ गते २०८३ || October 17, 2026

'प्रचण्डलाई मुद्दा हालेर मुलुकमा द्वन्द्वको खेती गर्ने काम भयो' : बाबुराम भट्टराई


मंगलबार, फागुन २३ २०७९०५:३०

'प्रचण्डलाई मुद्दा हालेर मुलुकमा द्वन्द्वको खेती गर्ने काम भयो' : बाबुराम भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा रुमलीराख्ने गम्भीर षडयन्त्रअन्तर्गत भएको बताएका छन् ।

अध्यक्ष भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भिर षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसकाविरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे ।


  • सम्बन्धित विषय:

  • # 'प्रचण्डलाई मुद्दा हालेर मुलुकमा द्वन्द्वको खेती गर्ने का भयो' : बाबुराम भट्टराई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend