कात्तिक १ गते २०८३ || October 17, 2026

धरानका जनताकोे हितमा काम गर्ने नवनिर्वाचित राईको प्रतिबद्धता


सोमबार, जेठ ९ २०७९११:५६

धरानका जनताकोे हितमा काम गर्ने  नवनिर्वाचित राईको प्रतिबद्धता

धरान - धरानमा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित भएका प्रमुख हर्कराज राईलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले इनरुवामा शपथ ग्रहण गराएका हुन्। प्रमुख राईले वडाध्यक्ष र सदस्यहरुलाई  पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रमुख राईले  आफू धरानका जनताको समस्या बोकेर हिँड्ने व्यक्ति भएकाले अब काम गर्ने ठाउँमा पुगेकाले धरान र जनताकोे हितमा काम गर्ने प्रतिबद्धता जनाए। धरानमा प्रमुख, उपप्रमुखसहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नव निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन अधिकृत पुष्करराज नेपालले प्रमाणपत्र वितरण गरे ।

 


  • सम्बन्धित विषय:

  • # धरान
  • # हर्कराज राई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend