कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा !


बुधबार, फागुन २४ २०७९१२:११

नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा !

काठमाडौँ - नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

झण्डै ५० लाख नेपाली कामको लागि विदेश गएकोमा दुई लाख जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । ठ्याक्कै तथ्यांक राख्न नसकेपनि अनुमानका आधारमा दुई लाख जना महिला वैदेशिक रोजगारीमा रहेको जानकारी दिएको छ ।

पछिल्ला दुई दशकयता कामका लागि विदेशिने नेपाली महिलाहरुको संख्यामा बढिरहेको छ । मन्त्रालयको तथ्याङ्कले वार्षिक ३० हजारको हाराहारीमा महिला विदेशिने गरेको देखाएको छ । आर्थिक वर्ष २०७८र७९ सम्ममा नेपालबाट संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिइ १ लाख ९८ हजार २१६ जना नेपाली महिला विदेशिएका छन् ।


  • सम्बन्धित विषय:

  • # नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend