कात्तिक १ गते २०८३ || October 17, 2026

रास्वपाको बैठक बस्दै,  राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिने


बिहीबार , फागुन २५ २०७९०७:००

रास्वपाको बैठक बस्दै,  राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिने

 काठमाडौँ - राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज निर्णय लिँदै छ ।

रवि लामिछाने नेतृत्वको  पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ । 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।


  • सम्बन्धित विषय:

  • # रास्वपाको बैठक बस्दै,  राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend