कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना !


बिहीबार , फागुन २५ २०७९०७:२६

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना !

 काठमाण्डौँ - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ ।

हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक दुई ठाउँमा हल्का पानी पर्नेछ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend