असोज ३० गते २०८३ || October 16, 2026

शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने : राष्ट्रपति विद्यादेवी भण्डारी


मंगलबार, जेठ १० २०७९११:३२

शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रममा विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने जानकारी दिएकी छन्

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने भनेको छ । 

दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति विद्यादेवी भण्डारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend