कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति चयनका लागि मतदान सुरु, दिउँसो ३ बजेसम्म जारी रहने 


बिहीबार , फागुन २५ २०७९१०:४५

राष्ट्रपति चयनका लागि मतदान सुरु, दिउँसो ३ बजेसम्म जारी रहने 

 काठमाडौँ - राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघिबाट मतदान सुरु भएको हो । आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।

अर्का उम्मेदवार सुवास नेम्वाङ भने मतदानस्थल पुगिसकेका छैनन्। पौडेल भने मतदान सुरु हुनुभन्दा पहिल्यै मतदानस्थल संघीय संसद् भवन नयाँ बानेश्वर पुगिसकेका थिए । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । बिहीबार बेलुका ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति चयनका लागि मतदान सुरु, दिउँसो ३ बजेसम्म जारी रहने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend