कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री दाहाल १ बजे मतदान केन्द्र जाँदै


बिहीबार , फागुन २५ २०७९११:३५

प्रधानमन्त्री दाहाल १ बजे मतदान केन्द्र जाँदै

 काठमाडौँ - तेस्रो राष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो १ बजे मतदान केन्द्र जाने भएका छन् ।

राष्ट्रपतिका लागि भर्खरै नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । नौ दलिय समर्थन पाएर उम्मेदवार बनेका पौडेलले पहिलो मतदान गरेका हुन् । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल १ बजे मतदान केन्द्र जाँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend