कात्तिक २ गते २०८३ || October 18, 2026

श्री एयरलाइन्सको जहाजमा धादिङ थाक्रेमाथि आकाशमै देखियो आगो, सुरक्षित अवतरण !


बिहीबार , फागुन २५ २०७९१२:१९

श्री एयरलाइन्सको जहाजमा धादिङ थाक्रेमाथि आकाशमै देखियो आगो, सुरक्षित अवतरण !

काठमाण्डौँ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ। धादिङको थाक्रेमाथिको आकाशमा पुगेपछि आगो देखिएको र फर्किएको हो। जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन्।

जहाज केही बेर अघि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। बिहान सवा  ९ बजे काठमाडौंबाट उडेको उडान नंबर एसएसए ८२२ रहेको विमान काठमाडौं फर्काएको हो।जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए।  यात्रुलाई अर्काे विमानमा भैरहवा लैजाने तयारी छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौललो भने ‘‘ इन्जिनमा फायर वार्निङ देखिएकाले तत्काल काठमाडौं फर्काइएको हो। विमानका यात्रुहरूलाई अर्को विमानमा पठाइदैछ।’

 


  • सम्बन्धित विषय:

  • # श्री एयरलाइन्सको जहाजमा धादिङ थाक्रेमाथि आकाशमै देखियो आगो, सुरक्षित अवतरण !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend