असोज ३० गते २०८३ || October 16, 2026

सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने


मंगलबार, जेठ १० २०७९११:४१

सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने

काठमाडौं - नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।

सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रूपमा लागू गर्न सकेको छैन । यस्तै, सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रूपमा ठुलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो ।


  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend