कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति निर्वाचन : अहिलेसम्म ८१३ मत खस्यो, मतदान अन्तिम चरणमा !


बिहीबार , फागुन २५ २०७९०२:३६

राष्ट्रपति निर्वाचन : अहिलेसम्म ८१३ मत खस्यो, मतदान अन्तिम चरणमा !

 काठमाडौँ - नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् ।

जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८१ जना मतदाता रहेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन : अहिलेसम्म ८१३ मत खस्यो, मतदान अन्तिम चरणमा !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend