कात्तिक १ गते २०८३ || October 17, 2026

आजको सेयर बजार हरियाली : नेप्से ५०.०४ अंकले बढ्यो !


बिहीबार , फागुन २५ २०७९०३:५६

आजको सेयर बजार हरियाली : नेप्से ५०.०४ अंकले बढ्यो !

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अङ्कले घटेर ३७९.५० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६२ कम्पनीको ४५ लाख ६६ हजार ०४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा अपर शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र अरुण खोला पावरको कारोबार भएको छ । बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा बुद्ध भुमि शिभम् पावर र  नेपाल इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।


  • सम्बन्धित विषय:

  • # आजको सेयर बजार हरियाली : नेप्से ५०.०४ अंकले बढ्यो !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend