कात्तिक २ गते २०८३ || October 18, 2026

चितवन-२ को उपनिर्वाचनका लागि १८ दल दर्ता


बिहीबार , फागुन २५ २०७९०४:३४

चितवन-२ को उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाण्डौँ - आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # चितवन-२ को उपनिर्वाचनका लागि १८ दल दर्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend