कात्तिक १ गते २०८३ || October 17, 2026

सिन्धुलीका डोरबहादुर खपाङ्गी विश्वकै होचो किशोर


पिपल अनलाइन
मंगलबार, जेठ १० २०७९११:४६

सिन्धुलीका डोरबहादुर खपाङ्गी विश्वकै होचो किशोर

काठमाडौं  - सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रूपमा विश्व कीर्तिमान बनाएका छन् ।

७३.४३ सेन्टिमिटर अर्थात् २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # डोरबहादुर खपाङ्गी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend