कात्तिक १ गते २०८३ || October 17, 2026

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने


शुक्रबार, फागुन २६ २०७९०७:०३

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

 काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ।

सभामुख  घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् । यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ। कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend