कात्तिक १ गते २०८३ || October 17, 2026

दोस्रो अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने


शुक्रबार, फागुन २६ २०७९०७:५४

दोस्रो अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

काठमाडौँ - दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अनुसार अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको हो ।

दुई दिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाडौँको राष्ट्रिय सभागृहमा आज दिउसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटेल एलो प्यागोडा जमलमा सुरु हुने समय तालिका रहेको छ ।


  • सम्बन्धित विषय:

  • # दोस्रो अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend