कात्तिक १ गते २०८३ || October 17, 2026

उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी


शुक्रबार, फागुन २६ २०७९०८:०९

उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी

 काठमाडौँ - राष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आयोगले चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गराउनको लागि प्रक्रिया अघि बढाउने भएको छ । उपराष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनको प्रक्रियाअनुरूप हुने जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रक्रिया अघि बढाउन तयारी अवस्थामा रहेको जानकारी दिए ।

उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच र पाँचजना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लि। वा समुदायको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनको दफा १६ ९५० ले उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपतिमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने भनेको छ ।

खस आर्य समुदायबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि मधेशी समुदायबाट जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी अघि बढाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend