कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने


शुक्रबार, फागुन २६ २०७९११:४९

माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

 काठमाडौँ - माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताए । उनले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए । 


  • सम्बन्धित विषय:

  • # माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend