असोज ३० गते २०८३ || October 16, 2026

एमसीसीले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउछ : नेता प्रकाशमान सिंह


बुधबार, फागुन २५ २०७८०७:००

एमसीसीले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउछ : नेता प्रकाशमान सिंह

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको बताएको हो ।

“एमसीसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर काँग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उनले भने। उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए ।

नेता सिंहले केही दलले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए । “के एमसीसी राष्ट्रघाती भएको भए संसदबाट पारित हुन्थ्यो त ?”, उनले प्रश्न गरे। एमसीसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा काँग्रेसको काँधमा आएको उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend