कात्तिक २ गते २०८३ || October 18, 2026

उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको उम्मेदवार अनिवार्य हुनुपर्ने आयोगको भनाई 


शुक्रबार, फागुन २६ २०७९०१:११

उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको उम्मेदवार अनिवार्य हुनुपर्ने आयोगको भनाई 

 काठमाडौँ - निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिंग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको उम्मेदवार अनिवार्य हुनुपर्ने आयोगको भनाई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend