कात्तिक २ गते २०८३ || October 18, 2026

'जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन' : उपसभापति खड्का


शुक्रबार, फागुन २६ २०७९०१:३७

'जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन' : उपसभापति खड्का

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टी जसपालाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् । 

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् । उपसभापति खड्काले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए । 

 


  • सम्बन्धित विषय:

  • # 'जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन' : उपसभापति खड्का


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend